सम्पर्कबिहीन भएको ३ दिनपछि दुर्घटनाग्रस्त अवस्थामा फेला गरेको अमेरिकी हेलिकोप्टर यूएच-१ वाई हुवे मा रहेका सबैको मृत्यु भएको पुष्टि

जेष्ठ २ - सम्पर्कबिहीन भएको ३ दिनपछि शुक्रबार दुर्घटनाग्रस्त अवस्थामा फेला गरेको अमेरिकी हेलिकोप्टर यूएच-१ वाई हुवे मा रहेका सबैको मृत्यु भएको पुष्टि सैनिक जनसम्पर्क निर्देशनालयले गरेको छ । निर्देशनालयले शनिबार जारी गरेको विज्ञप्ति अनुसार उक्त दुर्घटनाग्रस्त हेलिकप्टरमा पहिचान खुल्न नसिने अवस्थामा रहेका नेपाली सेनाका २ र अमेरिकी सेनाका ६ गरी कुल ८ जना सैनिक व्यक्तिहरुको शव फेला पारेको छ । निर्देशनालयले नेपाली सेना र अमेरिकी मेरिन टिम उक्त दुर्घटनाग्रस्त इलाकामा तैनाथ रहेको र अनुसन्धानको कार्य जारी राखेको जनाएको छ । हेलिकप्टर घोर्थलीको अनुमानित ११ हजार २ सय फिट उचाईमा रहेको विकट तथा अफ्ठयारो इलाकामा दुर्घटनाग्रस्त भई सम्पूर्ण पार्टपुर्जाहरु छरिएर रहेको अवस्थामा फेला परेको निर्देशनालयले जनाएको छ ।

No comments:

Post a Comment