जेठ ३ - बैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गएको ७ दशमलव ८ रेक्टर स्केलको ठूलो भूकम्पपछि साना ठूला गरेर हजारौ पराकम्पन गैसकेका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोक विजय अधिकारीका अनुसार अहिलेसम्म २ रेक्टर स्केलमाथि र ४ रेक्टर स्केल मुनिका १० हजार भन्दा धेरै पराकम्पन गैसकेका छन् । ४ रेक्टर स्केलकामात्रै २ सय ४० वटा रेकर्ड गरिएको छ । ६ भन्दा माथिका ७ भन्दा मुनिका ५ वटा पराकम्प गइसकेको छ । ठूलो भूकम्प नगएपनि सानो पराकम्प गैरहेकाले सतर्क हुन केन्द्रका प्रमुख अधिकारीले सबैलाई आग्रह गर्नुभयो । साना पराकम्प जाँदा ठूलो धक्का आउने सम्भावना कम हुने उहाँले बताउनुभयो । भूकम्प कतिबेला, कहाँ र कति रेक्टर स्केलको आउँछ भनेर कुनै बैज्ञानिकले पनि भन्न नसक्ने भएकाले भूकम्पको समय तोकेर यतिबेला आउँछ भन्ने हल्लाको पछि नलाग्न उहाँले सबैसँग आग्रह गर्नुभयो ।
No comments:
Post a Comment