भूकम्पको पराकम्पन घट्दो क्रममा ...

गएको बैशाख १२ गतेको भूकम्पपछि पराकम्पन आउनेक्रम क्रमशः कम हुँदै गएको छ । हिजो दिनभरमा तीन ओटा पराकम्पन गएका थिए भने बिहान फेरि पराकम्पन महसुस गरिएको छ । बिहान ४ बजेर ३४ मिनेटमा दोलखा केन्द्रविन्दु बनाएर ४.३ म्याग्निच्यूटको पराकम्पन महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । हिजोकोजस्तै आज पनि झन्डै १२ घन्टापछि पराकम्पन महसुस गरिएको हो । हिजो साँझ ६ बजेर २७ मिनेटमा धादिङ र गोरखालाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्निच्यूटको पराकम्पन महसुुस गरिएको थियो । गएको बैशाख १२ गतेको भूकम्पपछि पराकम्पन क्रमशः घट्दै गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

No comments:

Post a Comment