गजल

हरेशिव! एउटा त्रिपालमा क्या राजनीति जड्यौरी दौरा सुरुवालमा क्या राजनीति विपत्तिमा उद्धार भन्दा आफ्नै सुधार छ दुई हजार बहत्तर सालमा क्या राजनीति जस आफै लिनैपर्ने रे बितरित राहतको पिडितहरुको बगालमा क्या राजनीति अनुगमन सतही भयो दलिय पारा छैन जिन्दगीसँगको सवालमा क्या राजनीति छिमेकीको सेवामा थोरै गन्ध आएकै हो सगरमाथा डाँफे मुनालमा क्या राजनीति

No comments:

Post a Comment