शुक्रबार गाविस कार्यालयमा तालावन्दि गरेकाे थियाे
भुकम्प पिडित लाभग्राहि सुचिमा अाफ्नाे नाम नपरेकाे भनी स्थानियबासीहरुले गाविस कार्यालयमा तालावन्दि गरेका छन ।
बन्दकर्ता मध्येका एक जनाले भन्नुभयाे बन्द गर्नुकाे कारणहरु यसप्रकार छ :
१. बास्तबिक पीडित हरु को घर छुट्टिनु ।
२. जनता को गुनासो फारम को सम्बन्धित निकाय ले सुनुवाइ नगर्नु।
३. बर्खा को बेला भुकम्प पीडित समुदाय भत्केका घर मा बस्न बाध्य हुनु येस्ता बिबिध बिषय लाई लिएर यो कार्यक्रम गरिएको जानकारी सबै लाई गराउन चाहन्छु ।
अाखिर जाेगीमारा गाविस कार्यालय मा ताला कहिले सम्म?
सबै जना अन्याेलमा परेका छन् । गाविस अाउने सयाैं सेवाग्राहीहरु मारमा परेका छन् । ती भिड मध्ये एकले भन्नुभयाे: नागरिकता बनाउनकाे लागि सिफारिस लिन अाएकाे शुक्रबार पनि अाए, काम भएन अाज अाईतबार पनि अाए तर ढाेकामा दुईवटा ताल्चा लगाईएकाे छ । खै के गर्ने के अन्याेलमा परेका छाैं हामी
अाखिर के के हाे समस्या सबै समस्याकाे समाधान गरि चाडैं गाविसकाे ताला खाेली सहि तरिकाले काम गर्ने वातावरण मिलाउनु हुन सबैमा अनुराेध छ ।
No comments:
Post a Comment