तिमी जस्तै निष्ठूरी हुन नजानेर ...

तिमी जस्तै निष्ठूरी हुन नजानेर तिम्रो मनको आकाश छुन नजानेर भित्रभित्रै जलिजलि बाँचिरहेछु ... तिमी झैँ डाँको छोडी रुन नजानेर ! ? तिमीलाई जे भए नि रोईदिए पुग्ने मेरो मन जलेको त खै कस्ले बुझ्ने तिमी झै म पनि त गलेको नै छु नि तिमी रुँदा म पनि जलेको नै छु नि संगै यात्रा गरेपछि थकाई उस्तै हो घाम पानी असिनाको पीडा उस्तै हो तिमीलाई घाउ लागे मलाई दुख्दैन र ? तिम्रो शिर झुक्यो भने मेरो झुक्दैन र ? तिमी जस्तै निष्ठूरी हुन नजानेर तिम्रो मनको आकाश छुन नजानेर भित्रभित्रै जलिजलि बाँचिरहेछु तिमी झैँ डाँको छोडी रुन नजानेर ! ?

No comments:

Post a Comment