के छ जोगिमारा धादिङको वास्तविक भू-कम्प को अवस्था ?


के छ जोगिमाराको वास्तविक भू-कम्पको अवस्था ?

गत बैशाख १२ गते गएको बिनासकारी भू-कम्पको कारण यो गा.बि.स मा पनि क्षति नभएको होइन वडा न.१ देखि ९ सम्ममा करिब २५०-२६० घरहरु बस्न नमिल्ने गरि क्षति भएको पनि छ , करिब १००० घरहरु आंशिक क्षति छ भने बाकी ३०० जति घरहरुमा सामान्य मात्र क्षति छ तर बिडम्बना भन्नू पर्छ यहाका १५४६ घरधुरीले पुर्ण क्षतिको कार्ड पाएका छन्, १५५ घरहरुले आंशिक क्षतिको कार्ड पाएका छन् । यसो गर्दा घर धुरिको संख्या हुन पुग्यो १७०१ जबकी २०६८ को जनगणना अनुसार यस गा.बि.स. को घर धुरी संख्या १४४० मात्र हो ।
कसरी बढ्यो त घर धुरी संख्या एक्कासी ?
बिनास्कारी भू-कम्प पछि यस गा.बि.स. मा नाटकिय रुपमा घर धुरी संख्या बढेको देखिन्छ कारण सर्व दलिय समितिले प्रती घर १ क्षतिको हिसाबले नभई प्रती परिवार १ क्षतिको दरले बिबरण संकलन गर्ने निर्णय गरे लगत्तै बाठा टाठाहरुले धमाधम छोराहरु छुट्याउन थाले लाटा बाङ्गा त्यत्तिकै बसे यसरी घर धुरी संख्या एकाएक बढ्न पुग्यो ।
उसो भए प्रती परिवार १ क्षति भयो त ?
बिबरण संकलन क्रममा यो पनि भएन यसरी प्रती परिवार १ क्षतिको दरले राहत बितरण गर्दा पनि २-३ ओटा घर हुने कोहि कोहि विशेष मानिसहरु छुट्ने भए तब समस्याको समाधानको लागि ती ती हरुलाइ प्रती घर १ क्षतिको दरले बितरण गरियो ।
उसो भए कति हो त वास्तविक क्षति घर ?
अब हिसाब गरौ पूर्ण क्षति भएको घर १५४६, आंशिक क्षति १५५ घर बिबरण संकलन छुट ४२ घर पुन निबेदन परेको घर करिब ३०० जम्मा हुने घर धुरी संख्या २०४३
के बास्तबमै जोगिमारामा यतिनै घर धुरी होला त ?
गैर जिम्मेवार को हो त ?
बिबरण संकलन क्रममा खटिएका नेपाल सरकारका प्राबिधिक मुख्य जिम्मेवार हो भने सर्बदलिय समिती र गा. बि.स.प्रतिनिधि पनि अछुतो छैन किनकी बैशाख १२ गते आएको बिनासकारी भू- कम्प बजार र गाउँ दुबै ठाँउमा ७.८ रेक्टर स्केलको नै आएको हो तर राहत बितरण भने गाउको सबै घरहरुलाइ पूर्ण क्षति र बजारको प्राय सबै घरहरुलाइ आंशिक क्षतिको राहत बितरण गरिएको छ यो न्यायोचित छैन ।
तसर्थ पीडितले राहत पाउनु पर्छ यो मेरो भित्री चाहना हो तर आज गरेको हतारको निर्णयले भोलि कोहि पछुतोमा नपरोस् यत्ती हो मेरो भन्नू ।
****************
अझ बुदागत रुपमा...
*एउटै घरमा ४, ५ जना सम्मले पायाे राहत रकम १५०००
*एउटै परिवारकाे छुट्टाछुट्टै सदस्यले पुर्ण क्षतिकाे राहत रकम बुझ्याे ।
*पुर्ण रुपमा छानविन नगरि राहत रकम मन परेका, अाफ्नाे भन्नेहरुलाई बाडियाे ।
*हुनेवाला, पहुँच वालाले जे गरेनी हुन्छ भन्ने एक उदाहरण जाेगिमारा घादिङ
*घरै नभएकाहरुलाई पनि दिईयाे पुर्ण क्षतिकाे राहत रकम
*घर घर नपुगी एकै ठाउँमा बसेर चर्केकाे, नचर्केकाे घरहरु प्राय पुर्ण क्षतिमा दार्ता
*एउटै घरमा बसेका दुई परिवार मध्ये एककाे पुर्ण क्षति एककाे अांसिक क्षति, घर भने सामान्य भन्दा सामान्य क्षति
*जाेगिमारा गा वि स मा मनलाग्दि राहत वितरण
*जाे राजनितीक अाडमा छ उसैले पायाे पुर्ण क्षतिकाे राहत रकम, घर नहुने र घर नभत्केकाले
*वास्तविक भुकम्प पिडितले भन्दा पहुँच वालाले पुर्ण क्षतिकाे राहत
*प्रायः वितरण गरेकाे राहत रकम सदुपयाेग गरेनन् कसैले
*भुकम्प अघि १४४० रहेकाे जाेगिमारा गा वि स भित्र रहेकाे घर भुकम्प पछि १७०१ घर हुन पुगेकाे छ ।
*पहुँच वाला ले जे गरेनी हुन्छ भन्ने ज्वलन्त उदाहरण हाे याे ।
*नियकम निकायले छानविन गर्न कुनै चासाे दिएकाे छैन ।

No comments:

Post a Comment