सामसुङले राम्रो व्याकअप व्याट्रि रहेको नयाँ मोवाइल सार्वजनिक गरेको छ।
स्यामसुङ ग्यालेक्सी ग्राण्ड नियो प्लस स्मार्टफोन ब्ल्याक, वाइट र गोल्डेन
रंगहरुमा उपलव्ध हुनेछ। पुरानो स्मार्टफोन ग्राण्ड निओलाई मोडिफाइड गरेर
कम्पनीले नयाँ मोवाइल ल्याएको हो।
एण्ड्रोइड किटक्याट ४.४ अपरेटिङ सिस्टमको यो मोवाइलमा दुई वटा सिम प्रयोग
गर्न सकिन्छ। ५ इन्चको स्कृन साइज रहेको मोवाइलको १. २ ग्याजैट क्वाड कोर
प्रोसेसर रहेको छ। १ जिबीको र्याम मोवाइलमा रहेको छ।
भारु ९ हजार ९ सय ९० पर्ने यो मोवाइलको व्याट्रिा २ हजार २ सय एमएएचको
रहेको छ। कम्पनीको दावीअनुसार यो मोवाइलले ११ घण्टाको टकटाइम तथा ४ सय ३०
घण्टाको स्ट्याण्डबाय टाइम दिन सक्छ। ५ एमपीको रियर क्यामेरा र २ एमपीको
फ्रण्ट क्यामेरा मोवाइलमा रहेको छ।
No comments:
Post a Comment